×

मुलुकमा संकट परेका बेला नेतृत्व प्रदान गर्नेसक्ने पार्टी कांग्रेस हो- प्रकाशमान सिंह

images

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्नेसक्ने पार्टी कांग्रेस भएको बताउदै कांग्रेसले सरकारमा हुँदा गरेका राम्रा कामबारे मतदातालाई भन्नुपर्ने बताएका छन्। ठुला राजनीतिक परिवर्तनको नेतृत्व पनि कांग्रेसले नै गरेको र अस्थिरताबाट निकाससँगै जनताले चाहेको विकास कांग्रेसले नै दिएको भन्दै उनले अनावश्यक भ्रमको पछि नलाग्न आग्रह गरे । कार्यक्रममा बोल्दै उनले चुनाव वैशाख ३० मै हुने भएकोले तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

आज काठमाडौँको शंखमुलमा ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत आयोजना गरेको भेटघाट कार्यक्रममा नेता सिंह देश संकटमा पर्दा काम गर्न नसक्ने, महत्त्वपूर्ण निर्णय लिनुपर्ने बेला ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण दिने भन्दै कम्युनिस्ट दलहरुप्रति आक्रोश पोखे ।

‘देशलाई संकट पर्दा काम गर्न नसक्ने र महत्वपूर्ण निर्णय लिनु पर्ने बेला ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण गर्ने?,’ उनले भने, ‘अब जनताले देश र जनताको हित कुन पार्टीले गर्छ भन्ने छुट्याउने बेला आएको छ।’

उनले पार्टीले गरेका महत्वपूर्ण कामबारे जनतालाई जानकारी दिनुपर्ने बताए। ‘हामीले काम गरेका छौं, थाहा पाइहाल्छन् नि भनेर हुन्न,’ उनले भने, ‘मतदातालाई राम्रोसँग बुझाउनुपर्छ।’ अब देशको हित गर्ने पार्टी र ढुलमुले पार्टी छट्याउनुपर्ने नेता सिंहले बताए । कांग्रेसले मुलुकको राजनीति र सामाजिक आर्थिक रुपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले कामै नगर्ने दलहरुको सपनाको पछि नलाग्न आह्वान गरे ।

बुधबार ९ चैत २०७८ ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया