×

पक्राउ परेका तीन युवालाई ससम्मान रिहा गर्न स्वतन्त्र यु्वा अभियानको माग

images

 
काठमाडौं । स्वतन्त्र युवा अभियानले, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जनालाई निसर्त रिहा गर्न माग गरेको छ । 
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा अभियानका सदस्यहरुले सरकारले, अभद्र मुद्दा लगाएर  थुन्ने प्रयास गरेको भन्दै आक्रोस व्यक्त गरेका छन् । उनीहरुलाई निसर्त रिहा नगरे लाखौं युवा सडकमा उतार्ने उनीहरुको चेतावनी छ । 
सो समुहको तर्फबाट मनोज सापकोटाले, आफ्ना साथिहरु कुनै राजनीतिक दल तथा भातृ संगठनमा आवद्ध नरहेको भन्दै पक्राउ पर्ने तीनै जना स्वतन्त्र युवा रहेको  जिकिर गरे । 
एक स्वतन्त्र नागरिकको रुपमा चर्को मिटर व्याज र नागरिकले भोगेका विविध समस्यालाई सम्बोधन गर्नका लागि पटक पटक माइतीघरबाट ध्यानाकर्षण गराउँदा पनि सरकारले नसुनेको उनको आरोप छ । 
समस्या समाधानका लागि आग्रह गर्न प्रधानमन्त्रीको समय माग्दा वेवास्ता गरेकाले  प्रधानमन्त्री उपस्थित कार्यक्रममा गएर बोल्न बाध्य भएको उनको उनीहरुको जिकिर छ । 
हिजोको कार्यक्र्रममा सुरुमा प्रहरीलाई विनंम्रताका साथ सोधेरै कुरा गर्न लाग्दा नपाएपछि नाराबाजि गर्न बाध्य भएको उनीहरुको भनाई छ । बैंकको व्याजदर एकल अंकमा झार्न तथा लघुवित्त र सहकारीको दादागिरी कम गर्न सक्रियता देखाउन पर्यो भनेर प्रधानमन्त्रीलाई आग्रह गर्न सो कार्यक्रममा सहभागि भएपनि प्रहरीले धरपकड गरेको उनीहरुको जिकिर छ । 
बुधबार पक्राउ परेका बागलुङका सोनु शर्मा, बझाङका विप्लव खड्का र खोलुम्बुका उद्धव बस्नेतलाई पाँच दिन थुनामा राख्न प्रहरीले अनुुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धि कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरुलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेकाले उनीहरु पक्राउ परेका थिए । 

बिहीबार ९ चैत २०७९ ०१:२३ PM मा प्रकाशित

प्रतिक्रिया