×

राहुल गान्धीलाई दुई वर्ष जेल सजाय

images

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको छ। यद्यपि, अदालतले उनलाई तत्काल जमानत दिएको छ।

साथै अदालतले फैसलाविरुद्ध राहुललाई ३० दिनभित्र माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिएको बिबिसीले जनाएको छ।

सन् २०१९ मा राहुलले मोदी थरलाई लिएर गरेको टिप्पणीलाई लिएर उनीमाथि अदालतमा मानहानीको मुद्दा दायर भएको थियो। ‘किन सबै चोरको थर मोदी छरु’ भन्ने टिप्पणी गरेको राहुलमाथि आरोप छ।

बिहीबार अदालतमा सुनुवाइको क्रममा राहुल सुरत अदालतमा उपस्थित थिए। राहुलका वकिलका अनुसार अदालतसमक्ष राहुलले कुनै पनि समुदायलाई आफ्नो अभिव्यक्तिबाट ठेस पुर्‍याउन नचाहेको बयान दिएका थिए।

अदालतको फैसलापछि राहुलले महात्मा गान्धीको एक भनाइ ट्वीट गरेका छन्। ट्वीटमा उनले लेखेका छन्, ‘मेरो धर्म सत्य र अहिंसामा आधारित छ। सत्य मेरो भगवान हो, अहिंसा उसलाई पाउनको लागि साधन।’ एजेन्सी 

प्रकाशित मितिः २०७९ चैत्र ९ बिहिबार

बिहीबार ९ चैत २०७९ ०८:४८ PM मा प्रकाशित

प्रतिक्रिया