×

विश्व शान्तिमा नयाँ चुनौति उत्पन्न भएको छ -- राष्ट्रपति भण्डारी

images


काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले विश्व शान्ति र समृद्धिमा नयाँ चुनौति उत्पन्न भएको टिप्पणी गरेकी छिन्  । 

बिहीबार काठमाडौंमा आयोजित नेपाल परराष्ट्र मामिला परिषद्को ७५ औं वाषिर्कोत्सव कार्यक्रमलाई सम्बोधनगर्दै उनले आर्थिक संकट र जलवायु परिवर्तनले ल्याएको संकटका कारण विश्व शान्ति र समृद्धिमा नयाँ चुनौति उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरिन ।

यसरी नै वातावरण विनाश हुदैँ जाने हो भने  विश्व समुदायले ठूलो मात्रामा खाद्य असुरक्षा र पानीको संकट भोग्नु पर्ने तफर् उनको चिन्ता छ। 
उनले भनिन ‘सूचना प्रविधिको क्षेत्रमा भएको विकासले मानव कार्यलाई सहज र सुखी बनाउन योगदान गरेको छ भने अर्को वर्तमानविश्वलेचुनौतीहरूको सामना गरिरहेको छ ।

आर्थिक संकट र जलवायु परिवर्तनले ल्याएको संकटका कारण विश्व शान्ति र समृद्धिमा नयाँ चुनौति उत्पन्न भएको छ । अहिले कै रफ्तारमा वातावरण विनाश हुदैँ जाने हो भने  विश्व समुदायले ठूलो मात्रामा खाद्य असुरक्षा र पानीको संकट भोग्नु पर्नेछ । ’

बिहीबार ११ फागुन २०७९ ०५:५४ PM मा प्रकाशित

प्रतिक्रिया