देउवा दोब्बर मतले अगाडि

    images

    डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले दोब्बरभन्दा बढी मतान्तरले अगाडि लागेका छन् । १० हजार ३७८ मत गन्दा देउवा ५ हजार ३८९ मत ल्याएर अग्रस्थानमा छन् । 

    उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् । नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो स्थानमा छन् । उनले २ हजार ४७१ मत पाएका छन् ।

    कांग्रेस विपीका कर्णबहादुर मल्लले १ हजार ५७१ मत पाउँदा ६ सय ५६  बदर भएको छ ।

    मङ्गलबार ६ मंसिर २०७९ ०६:३४ AM मा प्रकाशित

    प्रतिक्रिया