×

कोखको मर्यादा

images

एउटा गर्भवती आइमाई, ज्योतिषका घरमा गई
सोधी गर्भमा के छ ? बन्छ के यो पछि गई ? 

बधाई छ छोरै हुन्छ, नेता बन्छ पछि गई
राजनीति गरी चम्कन्छ, पार्टीको एक घटक भई । 

बल्झियो राष्ट्रको प्रेम, मर्यादा कोखकै पनि 
आत्महत्या गरिन् त्यै दिन, जन्म त्यसको नहोस् भनी । 

 

शनिबार ५ कात्तिक २०७९ ०८:३० AM मा प्रकाशित

प्रतिक्रिया