×

आईटीटीएफ लेभल टु कोर्स सुरु

images

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा शनिबारदेखि १० दिनको आईटीटीएफ लेभल टु कोर्स सुरु भएको छ । लैनचोर स्थित टेबल टेबल प्रशिक्षण केन्द्रमा सुरु भएको कार्यक्रम ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुन लागेको हो । कार्यक्रम मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गर्नेछिन् ।

उनी आईटीटीएफकी प्रशिक्षकलाई प्रशिक्षण दिने विशेषज्ञ हुन् । नेपालमा आईटीटीएफको लेभल टुको कोर्स हुन लागेको यो तेस्रो पल्ट मात्र हो । कार्यक्रममा तीन महिलासहित कुल १९ प्रशिक्षकको सहभागी रहेको छ ।

यस कार्यक्रमपछि नेपाली टेबल टेनिसले कुनै पनि देशको राष्ट्रिय टिम सम्हाल्न प्रशिक्षक पाउने छ । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । 

 

शनिबार ५ कात्तिक २०७९ ०६:३२ PM मा प्रकाशित

प्रतिक्रिया