×

इराकमा मस्जिद भत्किँदा ७ जनाको मृत्यु, भग्नावशेषमा जिवित छ जनाको उद्धार

images

काठमाडौं । इराकमा मस्जिद भत्किँदा मृत्यु हुनेको संख्या सात जना पुगेको छ । मध्य इराकी प्रान्त केरबालामा रहेको शिया मुस्लिम धार्मिकस्थल भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको थियो ।

तर पछिल्लो अपडेट अनुसार थप तीन जनाको मृत्यु भइ कुल मृतकको संख्या सात पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिरोपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेका छ जनाको उद्धार गरेको छ ।

भग्नावशेषमा अझै धेरै मानिस पुरिएको अवस्थामा खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए । कतारत अल–इमाम अली मन्दिर पश्चिमी मरुभूमिमा अवस्थित छ । 

उक्त मन्दिर पवित्र शहर केरबालाको केन्द्रबाट लगभग २८ किलोमिटर टाढा छ । मन्दिरको छतमा पहिरो ठोकिएको नागरिक रक्षा सेवाले एक विज्ञप्तिमा जनाएको छ ।

सोमबार ६ भदौ २०७९ ११:२६ AM मा प्रकाशित

प्रतिक्रिया