×

श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त

images

श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त हुनुभएको छ ।

७३ वर्षका वरिष्ठ सांसद गुणवर्दना नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको श्रीलङ्काको अनलाइन न्युज वायरले जनाएको छ । उहाँले राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग शपथ पनि लिनुभएको खबरमा उल्लेख छ ।

उहाँ श्रीलङ्काको १५औँ प्रधानमन्त्री समेत बन्नुभएको छ । गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसक्नुभएको छ।

गएको अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय राजपाक्षेले गुणवर्दनालाई गृहमन्त्रीको जिम्मेवारी दिनुभएको थियो ।  उहाँ पूर्व राष्ट्रपति राजपाक्षेका बफादार पात्रका रुपमा पनि चिनिनुहुन्छ । 

शुक्रबार​ ६ साउन २०७९ ११:५६ AM मा प्रकाशित

प्रतिक्रिया