×

नेपाललाई दोस्रो सफलता, गुल्सन झाले लिए वेष्ट इण्डिजको दोस्रो विकेट

images

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्धको खेलमा गुल्सन झाले दोस्रो विकेट लिएका छन् । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा गुल्सनले खातै खोल्न नसकेका जोन्सन चार्ल्सलाई विकेट किपरले आसिफ शेखको हातबाट क्याच गराएका हुन् ।

वेस्ट इन्डिज नौ रन बनाएर खेल्दैछ । त्यसअघि नेपालका बलर करण केसीले वेस्ट इन्डिजका ओपनर काइले मायर्सको विकेट लिएका थिए । आफ्नो पहिलो ओभरको तेस्रो बलमै करणले मायर्सलाई एक रनमा कुशल भुर्तेलमार्फत क्याच गराएका हुन् । 

वेष्ट इण्डिजले ६  ओभरमा २   विकेट गुमाएर १३   रन मात्र बनाएको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।

बिहीबार ७ असार २०८० ०१:१६ PM मा प्रकाशित

प्रतिक्रिया