×

साउन १ गतेदेखि काठमाडौंमा प्लास्टिक प्रयोगमा निषेध गर्ने घोषणा

images


काठमाडौं । काठमाडौंमा आगामी साउन १ गतेदेखि प्लास्टिकको प्रयोग गर्न नपाइने भएको छ ।

महानगरपालिकाले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा साउन १ गतेदेखि प्लास्टिक प्रयोगमा निषेध गर्ने घोषणा गरिएको हो ।

मेयर बालेन्द्र शाहले बुधबार प्रस्तुन गरेकाे कार्यक्रममा एक पटक मात्रै प्रयोग हुने प्लास्टिकलाई निषेध गर्ने उल्लेख छ । प्लास्टिकका फूललगायतका एक पटक मात्रै प्रयोग हुने सामग्रीहरु तथा ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलाको उत्पादन, विक्री वितरण र प्रयोगलाई प्रतिबन्ध लगाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नेपाल सरकार अन्तर्गतको वातावरण विभागले गत वर्ष असोजदेखि नै प्लास्टिक प्रयोग गर्न नदिने घोषणा गरे पनि प्लास्टिकको प्रयोग हुँदै आएको छ ।

बिहीबार ७ असार २०८० ०९:३४ AM मा प्रकाशित

प्रतिक्रिया