×

नक्कली भुटानी शरणार्थी प्रकरण- मञ्जु खाण बालकृष्णलाई भेट्न हिरासत पुगिन्

images

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पति बालकृष्ण खाँणलाई पत्नि मञ्जु खाँणले भेटेकी छि्न। मञ्जु सोमबार बिहान पति बालकृष्णलाई भेट्न टेकु हिरासतमा पुगेकी हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन्। खाँण पक्राउ परेपछि सम्पर्कविहीन भएकी मञ्जु जेठ ४ गते संसद्‌मा उपस्थित भएकी थिइन्।  सांसद्समेत रहेकी मञ्जु सो प्रकरणमा आफ्नो नाम मुछिएसँगै पति पक्राउ परेपछि सम्पर्कविहीन बनेकी थिइन्।

बालकृष्ण पक्राउ परेपछि आज पहिलो पटक मञ्जुले भेटेकी हुन्। मञ्जु पनि नक्कली शरणार्थी प्रकरणमा विवादित बनेकी थिइन् । उनी र आरजु राणालाई रकम दिएको दाबी गरिएको एउटा अडियो सार्वजनिक भएको थियो ।

त्यस अडियोमाथि प्रहरीले छानबिन गरिरहेको थियो । यत्तिकैमा मञ्जु सम्पर्कविहीन भइन् । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाँणसहित १६ जनालाई पक्राउ गरेको छ। उनीविरुद्ध अनुसन्धान सकेर प्रहरीले सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ। अनुसन्धान सकिएकै दिन मन्जु बालकृष्णलाई भेट्न पुगेकी हुन्। 

सोमबार ८ जेठ २०८० ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया