×

शुद्धोधनको अध्यक्षमा लोसपा, उपाध्यक्षमा माओवादी केन्द्र

images

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । 

गाउँपालिकाका अध्यक्षमा लोसपाका कमलेश शरण चौधरी र उपाध्यक्षमा होमप्रकाश चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले चार हजार ४८१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका निसार अहमद खाँले चार हजार १८२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा निर्वाचित चौधरीले पाँच हजार १०३ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चाँदनी चौधरीले तीन हजार २२३ मत प्राप्त गर्नुभयो । 

शुद्धोधन गाउँपालिकाका ६ वडामध्ये नेपाली कांग्रेस तीन, लोकतान्त्रिक समाजवादी पार्टी दुई र माओवादी केन्द्र एउटा वडामा जितेको छ ।

आइतबार​ ८ जेठ २०७९ ०८:०२ PM मा प्रकाशित

प्रतिक्रिया