×

ललितपुरमा बुँगद्यो (रातो मत्स्येन्द्रनाथ ) को रथारोहण सम्पन्न

images


काठमाडौँ । ललितपुरमा करिब एक महिनासम्म चल्ने बुँगद्यो (रातो मत्स्येन्द्रनाथ ) को जात्राका लागि देउतालाई विधिपूर्वक रथारोहण गराउने कार्य सम्पन्न भएको छ । वर्षा र सहकालको देउताको रूपमा पूजिने रातो मत्स्येन्द्रनाथको जात्रा काठमाडौं उपत्यकामा श्रद्धाभक्तिपूर्वक मनाइन्छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मत्स्येन्द्रनाथलाई रथारोहण गर्ने चलन छ ।

मत्स्येन्द्रनाथ र मीननाथको जात्राको सिलसिलामा जाउलाखेलमा भोटो देखाउने पनि प्रचलन रहेको छ । भोटोे जात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने परम्परा रहेको छ । भोटो जात्रा पूर्व लगनखेलमा मत्स्येन्द्रनाथको रथको टुप्पोबाट नरिवल खसाउने जात्रा मनाइन्छ 

शनिबार ९ बैशाख २०८० ०१:४२ PM मा प्रकाशित

प्रतिक्रिया