×

मोदीद्वारा बेलायतका समकक्षी जोनसनलाई राष्ट्रपति भवनमा स्वागत, 'गार्ड अफ अनर' प्रदान

images

प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुक्रवार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गर्नुभएको छ । दुई दिने भारत भ्रमणमा रहनुभएका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा 'गार्ड अफ अनर' दिइएको थियो ।

‘यो भारत–बेलायत मित्रता र दुई प्रजातन्त्र, सबैभन्दा ठूलो र सबैभन्दा पुरानो बीचको मिलनको शुभ क्षण हो । मलाई लाग्दैन कि भारत र बेलायतबीच यति बलियो र राम्रो  सम्बन्ध कहिल्यै थिएन जुन अहिले छ’, जोनसनले भन्नुभयो ।

बेलायत र भारतको रणनीतिक प्रतिरक्षा, कुटनीतिक र आर्थिक साझेदारीमा घनिष्ट साझेदारीलाई सुदृढ पार्ने र इन्डो–प्यासेफिकमा सुरक्षा सहयोगलाई अगाडि बढाउने विषयमा वार्ता गर्न भारत भ्रमणको सुरुवातमा जोनसन हिजाे बिहीवार गुजरात आइपुग्नुभएको थियो ।

‘उनीहरू (गुजरातका मानिसहरू) ले हाम्रा लागि सानदार स्वागत गरे । यो एकदम असाधारण थियो । मैले यस्तो रमाइलो स्वागत कहिल्यै देखेको छैन । मैले यस्तो स्वागत संसारमा अरू कतै पाएको थिइनँ । पहिलो पटक तपाईँको (प्रधानमन्त्री मोदीको) गृह राज्य हेर्न पाउँदा अचम्म लाग्यो’, जोनसनले भन्नुभयो ।

यसअघि बेलायती प्रधानमन्त्रीले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । 

बेलायती प्रधानमन्त्रीले भारतका विदेशमन्त्री एस जयशंकरसँग वार्ता गर्ने कार्यक्रम छ र त्यसपछि दुवै पक्षले हैदराबाद हाउसमा दिउँसाे १ बजे प्रेस विज्ञप्ति जारी गर्ने बताइएको छ । 

शुक्रबार​ ९ बैशाख २०७९ ०१:०१ PM मा प्रकाशित

प्रतिक्रिया