काठमाडौं- बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन २२ अंक बढेर बन्द भएको नेप्से, यस दिन १५.७६ अंक घटेर १९३३.२९ विन्दुमा झरेको छ। घटेको बजारमा पनि बुधबार कुल एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ ।
बुधबार २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर ३० हजार ४८५ पटक कारोबार भएको थियो । बुधबार कारोबारमा आएका मध्ये १६६ कम्पनीको सेयर मूल्य घट्दा ३८ कम्पनीको सेयर मूल्य घट्यो भने १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन । बुधबार कारोबारमा आएका १३ वटै उपमूह राताम्मे रह्यो ।
बुधबारको बजारमा माया खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबै भन्दा धेरै ९.९८ प्रतिशत सकारात्मक सर्किट लेबलमा बढ्यो भने सर्पोट माइक्रो फइन्यान्सको ६.११ प्रतिशतले बढ्यो । बुधबारको बजारमा धेरै घटेको प्रमुख स्टकमा बोटलर्स नेपाल तराई रह्यो । यो कम्पनीको सेयर मूल्य ७.६२ प्रतिशतले घटेको थियो । यस्तै सानिमा ग्रोथ फण्डको सेयर मूल्य ५.८५ प्रतिशतले घट्यो भने धौलागिरी लघुवित्तको सेयर मूल्य पनि ५ प्रतिशत बढीले घट्न पुग्यो ।
बुधबार सबै भन्दा धेरै सेयर खरिद बिक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भयो । सो कम्पनीको ९ करोड १९ लाख रुपैयाँ बजारको सेयर खरिद बिक्री भएको थियो । दोस्रो ठूलो कारोबार एनआईसी एशिया बैंकको थियो । उक्त बैंकको ८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।
प्रतिक्रिया