×

सन्दीपलाई यूएई लैजान क्यानले राखेपलाई गर्‍यो पत्राचार

images

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई यूएई टुरमा लैजाना राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पठाएको छ ।  क्यानका क्रिकेट म्यानेजर विनोद दाशले आफूहरुले राखेपमा व्यक्तिगत रुपमा सँगै पत्रमा पनि सन्दीपलाई विदेश लैजाने कुरामा पहल गरिदिन आग्रह गर्दै पत्र पठाएको बताए ।  घरेलु मैदानमा आयोजित त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका स्पिनर लामिछानेलाई यूएई भ्रमणमा समावेश गर्न (क्यान) ले पहल थालेको हो । 

क्यानका म्यानेजर दासले यूएईमा हुने श्रृंखलामा सन्दीपको उपस्थिति नेपालका लागि अति आवश्यक भएकाले क्यानले गृहकार्य गरिरहेको बताए । यस विषयमा राष्ट्रिय खेलकुद परिषदलाई लिखित पत्राचार गरिएको उनले जानकारी दिए ।

‘हामी राखेपअन्तर्गतका निकाय हौं, त्यसैले अदालतसँग सीधै हामीले एप्रोच गर्नुभन्दा राखेपमार्फत जानु उचित हुन्छ भनेर त्यहाँ पत्राचार गरिएको हो,’ दासले भने । 

नेपालले विश्वकप लिग २ अन्तर्गत यूएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसैका लागि सन्दीपले विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्चमा पनि निवेदन दिएका छन् । नेपाली टिम आउँदो १३ गते यूएई भ्रमणमा जाँदैछ । यो श्रृंखला नेपालको एकदिवसीय स्टाटस जोगाउनका लागि निर्णायक रहेको हुँदा सन्दीपको उपस्थिति नेपालका लागि महत्वपूर्ण छ । 

बुधबार १० फागुन २०७९ ०२:१७ PM मा प्रकाशित

प्रतिक्रिया