कोशी प्रदेश सरकारलाई  विश्वासको मत

    images


    विराटनगर, ४ भदौ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउनुभएको छ । 

    आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ । बैठकमा १६ प्रदेशसभा सदस्य अनुपस्थित रहनुभएको थियो ।

    संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिनुभएको हो । प्रदेशसभाको अर्को बैठक यही भदौ ६ गते दिनको ३ बजे बस्ने छ ।–––

    सोमबार ४ भदौ २०८० ०६:१३ PM मा प्रकाशित

    प्रतिक्रिया