×

अफ्रिकी महाद्वीपको मध्य र पूर्वमा खडेरीका कारण जनजीवनसँगै आप्रवासी चराहरू समेत खतरामा

images

काठमाडौं । अफ्रिकी महाद्वीपको मध्य र पूर्वमा खडेरीका कारण जनजीवनसँगै आप्रवासी चराहरू समेत खतरामा परेका छन् । चरम गरिबी, जैविक विविधताको ह्रास, मौसमी चक्र तथा नयाँ प्रविधिमा पहुँचले महाद्वीपलाई जङ्गली प्रजातिहरूको बासस्थान संरक्षण गर्न थप कठिन बनाएको छ ।

जलवायु परिवर्तन र लामो खडेरीका कारण अफ्रिकी केही देशमा देखिएको तातो र सुक्खा अवस्थाले घुमन्ते प्रजातिलाई कठिन बनाएको विज्ञलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ । पछिल्ला वर्ष चराहरुले पानी र प्रजननका लागि आवश्यक आधारहरू गुमाइरहेका छन् ।

चराहरु बसाइँसराइको ढाँचालाई नै पूर्ण रूपमा परिवर्तन गर्न बाध्य भएका विज्ञले बताएका छन् । संयुक्त राष्ट्र सङ्घको वातावरण मामिला निकाय र संरक्षण समूह वेट ल्यान्ड्स इन्टरनेशनलले गरेको एक अध्ययनअनुसार अफ्रिकी स्थलमध्ये ८७ प्रतिशत जलवायु परिवर्तनको जोखिममा छन्, जुन युरोप वा एसियाको तुलनामा धेरै हो । 

आइतबार​ ५ भदौ २०७९ ०१:४७ PM मा प्रकाशित

प्रतिक्रिया