×

ललिता निवास प्रकरण: आरोपीहरुले दायर गरेको रिटनिबेदन सर्वोच्चद्धारा खारेज

images

काठमाडौं,५ साउन । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका ३ जना आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन

खारेज गरिदिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले यस प्रकरणमा पक्राउ परेका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह,भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ,मालपोत कार्यालय डिल्लीबजारका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो  ।

हदम्याद नाघिसकेको घटनाको अनुसन्धानमा आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै १३ असार, २०८० मा ललिता निवास प्रकरणका आरोपितहरु सर्वोच्च अदालत गएका थिए ।

शुक्रबार​ ५ साउन २०८० ०५:३१ PM मा प्रकाशित

प्रतिक्रिया