काठमाडौंमा बालेनको अग्रता बढ्यो, केशव र सिर्जनाको मतान्तर ११३

    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि बढेका छन्। साह  १५ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।

    बालेनभन्दा एमाले उम्मेदवार केशव स्थापित १५ हजार ५६८ मतले पछि परेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा बालेन १५ हजार ६८१ मतले अगाडि छन् ।

    ९० हजार २९२ मत गनेर सकिंदा बालेनले ३३ हजार २६० मत पाएका छन् । केशव स्थापितले १७ हजार ६९२ र सिर्जना सिंहले १७ हजार ५७९ मत पाएका छन् । केशव र सिर्जनाको मतान्तर ११३ रहेको छ।

    हालसम्म वडा नम्बर १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ ।

    शनिबार ७ जेठ २०७९ १०:४३ AM मा प्रकाशित

    प्रतिक्रिया