×

उपत्यकाको वायु प्रदूषण केही दिन यथावत् रहने

images


काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दै गएको वायु प्रदूषण अझै केही यता नहट्ने भएको छ । काठमाडौं उपत्यकामा वर्षा हुने सम्भावना कमै भएकाले प्रदूषणमा कमी नआउने मौसमविद्हरूले जनाएका छन् ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौंमा रहेको वायु प्रदूषणको मात्रा अझै केही दिन यथावत् रहने र काठमाडौंमा तत्काल पानी पर्ने कुनै सम्भावना नरहेकाले प्रदूषणको मात्रा घट्ने देखिँदैन् ।
उनले भने, “केही दिनअघिदेखि काठमाडौं उपत्यकाको वायुको आद्रता स्थिर छ। त्यसकारण प्रदूषण घटेको छैन। दुई दिनपछि आद्रता कम हुने देखिन्छ। त्यसपछि भने प्रदूषण कम हुँदै जान्छ।”

प्रदूषण जाँच गर्ने एअर एक्यूआईका अनुसार गत आइतबार काठमाडौंको वायु प्रदूषण सूचक १७७ मापन गरिएको थियो। यो वायु प्रदूषणको ज्यादै खराब अवस्था हो। यसलाई अस्वस्थकर वायुको ररूपमा राखिएको छ। बिहीबार पनि काठमाडौंको वायु प्रदूषण सूचक १६६ मापन गरिएको छ। यो मानवीय दृष्टिकोणले अस्वस्थकर हो। शून्यदेखि ५० सम्मलाई स्वस्थकर, ५० देखि एक सयसम्मको लागि मध्यम र एक सयदेखि दुई सयसम्म अस्वस्थ वायु मानिन्छ।

चार दिनअघि मात्र काठमाडौं विश्वमै सबैभन्दा बढी वायु प्रदूषण हुने शहरको सूचीमा परेको थियो। वायु प्रदूषणले विशेषगरी दमका रोगीलगायत बाल, वृद्धलाई चाँडै असर गर्ने गरिन्छ ।


 

शुक्रबार​ ८ बैशाख २०८० १०:०७ AM मा प्रकाशित

प्रतिक्रिया