×

पार्टी अब जनयुद्धको विरासतले मात्रै चल्दैन : प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । पेरिसडाँडामा आयोजित नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय स्कूल विभागको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्रले अर्थशास्त्र लगायत विषयमा आफ्ना नेताहरूलाई प्रशिक्षण तालिम आयोजना गरेको हो।

७७ जिल्ला, प्रदेश, गैर–भौगौलिक जिल्ला र प्रदेश कमिटीबाट १५७ जनालाई तालिम दिन थालिएको हो। मंगलबार माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तालिमको उद्घाटन गरेका छन्।

७ देखि ११ सम्म चल्ने तालिममा भोलिदेखि दर्शन अर्थशास्त्र, कार्यदिशा, विश्व अर्थव्यवस्था, विज्ञान, प्रविधि, महिला, जातीयता, समावेशितासँग सम्बन्धित विषय, योजना निर्माण र बजेट विनियोजन लगायतका विषयमा विज्ञबाट तालिम दिन लागिएको माओवादीले जनाएको छ। माओवादीले माघ २६ गतेदेखि चैतभर २ महिने संगठनात्मक सुदृढीकरण अभियान चलाइरहेको छ।

उक्त कार्यक्रम मा ‘प्रचण्ड’ले माओवादी पार्टी अब जनयुद्धको विरासतले मात्रै नचल्ने बताएका छन्।

मंगलबार पार्टी कार्यालयमा केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादी पार्टी अब जनयुद्धको विरासतले मात्रै नचल्ने बताएका हुन्।

उनले भने, ‘वैचारिक स्पष्टता नहुनु ठूलो चुनौती भयो। पार्टी बलियो बनाउनेभन्दा पनि गुट बलियो बनाउने भयो। पार्टी सामूहिकतामा चलेन। अब जनयुद्धको विरासतले मात्रै चल्दैन। पार्टीलाई नयाँढंगले चलाउनु पर्छ। व्यवस्था ल्याउन जति पहल गरियो, अब कार्यान्वयन गर्दा नयाँ एजेण्डा लिएर जानुपर्छ।’

मङ्गलबार ७ चैत २०७९ ०८:११ PM मा प्रकाशित

प्रतिक्रिया