काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ । सोमबार घटेर कारोबार भएको बजारमा मंगलबार भने बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको हो । सोमबार सुनको भाउ तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको थियो ।
यसैगरी १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ आज बढेर १ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको देखिन्छ । यता, चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । सोमबार १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ३४० रुपैयाँ पर्नेछ ।
प्रतिक्रिया