काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, दलित समुदायको विकास र उन्नतिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको कार्यक्रममा बोल्दै उनले दलितहरूको मुद्दा र अधिकार प्राप्तिको सङ्घर्ष अन्तर्राष्ट्रियकरण मात्र नभई नयाँ सङ्घर्षका निम्ति पृष्ठपोषक समेत भएको बताए ।
उनले भने ‘दलित समुदायको बृहत्तर विकास र उन्नतिका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र समानताका निम्ति राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार एवं सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिन्छ । यसका निम्ति कानुन निर्माण, संशोधन एवं व्यवस्थापकीय पक्षहरूमा सुधारका खेल्नुपर्ने भूमिकाका लागि नेपाल सरकार प्रतिबद्ध छ । ’
उनले दलित समुदायको उन्नतिका लागि मनाइने अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसले पनि सकारात्मक भूमिका खेल्ने बताए ।
प्रतिक्रिया