आजको मौसम

    images

     
    काठमाडौं । मौसम पुर्वानुमान महाशाखाकाअनुसार नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने पुर्वानुमान गरिएको छ । 

    पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली रहि प्रदेश १ मा हल्का वर्षाको सम्भावना रहेको छ । अन्य क्षेत्रमा भने बादल लागे पनि वर्षाको कुनै सम्भावना छैन । 

    यस्तै, आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको र भोलिको मौसम पनि यस्तै रहने अनुमान छ ।
    पश्चिमी वायुका कारण यसपालिको हिउँदमा मौसम बदली भइरहे पनि पानी भने पर्न सकेको छैन । 
     

    मङ्गलबार ९ फागुन २०७९ १०:२५ AM मा प्रकाशित

    प्रतिक्रिया