कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्दै 

    images


    काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री घोषणा गर्ने निर्णय गरेको छ । 

    बैंकले आफ्ना एक संस्थापक सेयरधनी तर्कबहादुर बुढाथोकीको नाममा रहेको १६ हजार ६ सय कित्ता सेयर बिक्री खुला गर्ने घोषणा गरेको हो ।

    यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले सुरुमा आवेदन दिन सक्नेछन्, अन्य संस्थापक सेयरधनी यसका लागि प्रमुख हकदारमा परेका छन्

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आबेदन दिनु पर्नेछ । 
     

     

    मङ्गलबार ९ फागुन २०७९ १०:५५ AM मा प्रकाशित

    प्रतिक्रिया