×

कतार विश्वकप २०२२- राइट्स र टिकट बिक्रीबाट कति भयो कमाई?

images

एजेन्सी - फिफाले कतार विश्वकप–२०२२ बाट करिब ४.७ बिलियन डलर कुल राजस्वको अपेक्षा गरेको थियो। जबकि, फिफाले यस विश्वकपबाट सोचेभन्दा बढी आम्दानी गरेको छ। रिपोर्ट अनुसार, डिसेम्बर २०२० को अन्त्यसम्म, फिफाले लगभग ३.८ मिलियन डलरको व्यावसायिक कन्ट्रयाक्टमा हस्ताक्षर गरेको थियो, जुन २०२२ को कुल राजस्व बजेटको लगभग ८२ प्रतिशतको प्रतिनिधित्व गर्दछ।

कतार विश्वकपबाट फिफाले कमायो ७.५ बिलियन डलर

कतार विश्वकप–२०२२ ले व्यावसायिक सम्झौताहरू मार्फत फिफालाई करिब ७.५ बिलियन डलर कमाएको छ, जुन सन् २०१८ मा रसियामा भएको अघिल्लो विश्वकपको तुलनामा १ बिलियन डलर बढी हो। फिफाले लागत बचत गर्न सम्पूर्ण प्रतियोगिता एकै ठाउँमा आयोजना गर्ने निर्णयको कारण पनि यस वर्षको फुटबल विश्वकपमा राजस्वमा वृद्धि भएको बताइएको छ। फिफाको यो निर्णयले अतिरिक्त पूर्वाधार र यात्रा खर्चको आवश्यकतालाई कम गरेको छ। दोहाको ५० किलोमिटर परिधिमा जम्मा ८ वटा रंगशाला थिए।

विश्वकप–२०२६ बाट ११ बिलियन डलर आम्दानी हुने अपेक्षा

आगामी चार वर्षको बजेट फिफा काउन्सिलमा १६ डिसेम्बरमा प्रस्तुत गरिएको थियो। फिफाले विश्वकप–२०२६ बाट कुल ११ अर्ब डलर आम्दानी गर्ने अपेक्षा गरिएको छ। विश्वकप–२०२६ उत्तर अमेरिकी देशहरू – अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्नेछ।

५ विभिन्न स्रोतबाट हुन्छ विश्वकपमा फिफाको आम्दानी

फिफा अधिकारीहरूले खेलका लागि थप ७ लाख डलर लगानी हुने अनुमान गरेका थिए। जसमा ३ लाख डलर आपतकालीन कोभिड–१९ कोषमा जानेछ। फिफाले आफ्नो अधिकांश आम्दानी पाँचवटा विभिन्न स्रोतबाट प्राप्त गर्छ, जसमा टेलिभिजन प्रसारण राइट्सको सबैभन्दा ठूलो योगदान हुन्छ। यसपछि मार्केटिङ राइट्स, हस्पिटालिटी राइट्स तथा टिकट बिक्री, लाइसेसिंग राइट्स र अन्य राजस्व स्रोतहरू छन्।

विश्वकपको कुल राजस्वमा टिभी प्रसारण राइट्स सबैभन्दा ठूलो योगदानकर्ता

विश्वकप–२०२२ को कुल राजस्वमा सबैभन्दा धेरै ५६ प्रतिशत योगदान टिभि प्रसारण राइट्सको रहेको छ। त्यसपछि, मार्केटिङ राइट्सले राजस्वको २९ प्रतिशत योगदान गरेको छ। राजस्वको बाँकी १५ प्रतिशत अन्य अधिकारबाट प्राप्त भएको हो।

मङ्गलबार ५ पुस २०७९ ०९:१० PM मा प्रकाशित

प्रतिक्रिया