×

आजदेखि फुटबलको महाकुम्भ विश्वकप

images

काठमाडौं । अन्तत: लामो विवादको शृंखलापछि आजदेखि  कतारमा विश्व फुटबलको महाकुम्भ विश्वकप सुरु हुँदैछ । आजको पहिलो खेलमा आयोजक कतारले इक्वेदरको सामना गर्नेछ ।

 आयोजक कतारको विश्वास रहेको छ, अब सबैको ध्यान फुटबलमा केन्द्रित हुनेछ, विवादको शृंखला हट्ने छन् । तर पश्चिमेली मिडिया, फुटबलकर्मी र समर्थकको कुरा सुन्ने हो भने यो रोकिने छैन् । 


आरोपमाथि सुरुदेखि नै आरोप लागेको छ, उसले यो विश्वकप आयोजनाको अधिकार पाउने ठूलै आर्थिक चलखेल गरेको छ । अनुमान गरिन्छ, यसमा करोडौं डलरको भ्रष्टाचार भएको छ । अनि कतारले विश्वकपका लागि चाहिने भौतिक पूर्वाधारको निर्माणमा आप्रवासी कामदारमाथि चरम शोषण गरेको छ । त्यति मात्र होइन्, कतारको एलजीबीक्युटी प्लस समुदायप्रति कतार अति नै अनुदार छ । 


त्यसैले यस विश्वकपप्रति नैतिक समर्थन छैन् भन्नेहरू धेरै छन् । तर यसबीच अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फाटिनोले कतारको बचाउ र समर्थन गरेका छन् ।

यसक्रममा उनले पश्चिमेली समुदायले कतारप्रति दोधारे नीति लिएको आरोप समेत लगाएका छन् । तय छ, मैदानमा फुटबल चलिरहने छ, अनि विवाद पनि भइरहने नै छ । 
मैदानकै कुरा गर्दा यसपल्टको विश्वकपमा अन्तिम पटक ३२ टिम सहभागी छन् । तिनलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा चार चार टिम छन् र तिनीहरू सुरुमा लिग चरणका खेल हुनेछन् । त्यसो भनेको एकले अर्कोसँग एक एक पल्ट खेल्नेछ । लिग चरणको समाप्तीमा आफ्नो समूहको शीर्ष दुई स्थानमा रहने टिम नटआउट चरण पुग्नेछन्, त्यो भनेको १६ टिम भयो । बाँकी १६ टिम घर फर्कने छन् । 

आइतबार​ ४ मंसिर २०७९ १०:४२ AM मा प्रकाशित

प्रतिक्रिया