काठमाडौं । डँडेलधुरामा जन्मिएकी १३ वर्षीय सानिया भट्टराईलाई सानैबाट नृत्यमा रुची थियो । उनी अहिले कान्तिपुर टेलिभिजनबाट प्रशारण भईरहेको नेपालको रियालिटी सो सुपर डान्सर नेपालको टप सिक्समा पर्न सफल भएकी छिन् ।
कक्षा ८ मा अध्ययनरत् सानिया सानै उमेर देखि विद्यालय तथा स–साना कार्यक्रमहरुमा आफनो नृत्य प्रस्तुत गर्ने गर्थिन । सानियाले बुटवलको बागेश्वरी सँगितालयमा दुई बर्ष तथा मुम्बईमा चर्चित वाईल्ड रिपर्जका डान्सर सागर राईसंग साढे दुईबर्ष नृत्यको तालिम लिएकी थिइन । उनले भारतीय रियालिटि सो डान्स दीवानी र डान्स दिवानी जुनियरमा पनि आफनो प्रस्तुती देखाइसकेकी छिन् ।
६ वर्षको उमेरबाट नृत्य गर्न थाल्नुभएकी सानियाले कान्तिपुरबाट प्रशारित सो सुपर डान्सर नेपालको लागी बुटवलबाट अडिसन दिएकी हुन । नेपाल तथा भारतका विभिन्न नृत्य प्रतियोगिताका प्रतिस्पर्धामा सहभागी भई पुरस्कार जित्न सफल सानिया यसपटकको सुपर डान्सर नेपालको प्रतिस्पर्धामा कोरियोग्राफर युमि बलामी साथ लिएर प्रतियोगिताको प्रतिस्पर्धामा छन् ।
हाल बुटवलको होराइजन माध्यामिक बिद्यालयमा अध्ययनरत् सानियको लागी विद्यालयले सहयोगको अभियान नै संञ्चालन गरिरहेको छ । सानियाका अभिभावक तथा विद्यालय परिवारले अबको भर भनेको दर्शकहरुको भोट भएकोले सानियालाई भोट गरि सहयोग गरिदिनको लागी अनुरोध गरेका छन् ।
प्रतिक्रिया