राष्ट्रपति मुर्मु र उपराष्ट्रपति धनखरद्वारा शोक व्यक्त

    images


    राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरले शनिबार लद्दाखको लेह जिल्लामा सडक दुर्घटनामा नौ जना सैनिकको मृत्यु भएकामा शोक व्यक्त गर्नुभएको छ । 

        सैनिक अधिकारी सवार ट्रक सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा उनीहरूको मृत्यु भएको थियो । राष्ट्रपति मुर्मुले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको बताउँदै  दिवङ्गत सैनिकलाई उनीहरूको निःस्वार्थ बलिदानको लागि कृतज्ञताका साथ राष्ट्रले सधै सम्झने बताउनुभएको छ । 

        “लेहमा भएको सडक दुर्घटनामा भारतीय सेनाका जवानहरूको ज्यान गएको थाहा पाउँदा गहिरो दुःख लागेको छ । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । भगवान्ले उहाँहरुलाई यो दुःख सहने शक्ति प्रदान गरुन् । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,” राष्ट्रपतिले सामाजिक सञ्जालमा लेख्नुभएको छ । 

        यसैगरी उपराष्ट्रपति जगदीप धनखरले ज्यान गुमाएका सैनिकका शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

        प्रतिरक्षा अधिकारीहरुका अनुसार आइतबार अपराह्न भएको उक्त दुर्घटनामा एक जना मात्र बाँचेका छन् । सेवा क्षेत्र अदलबदलका क्रममा आफ्ना सरसामान लिएर गइरहेका बेला उनीहरू दुर्घटनामा परेका हुन् । घाइते जवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

        यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले पनि लद्दाखमा सेनाको ट्रक दुर्घटनमा मृत्यु भएका सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका शोकाकूल परिवारमा समवेदना  व्यक्त गनुृभएको छ । साथै उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 
    –––

    आइतबार​ ३ भदौ २०८० १२:११ PM मा प्रकाशित

    प्रतिक्रिया