×

रनिल विक्रमासिङ्घे श्रीलङ्काका नयाँ राष्ट्रपति

images

श्रीलङ्काकाे राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे चुनिनुभएकाे छ । आज मङ्गलवार भएकाे चुनावमा विक्रमासिङ्घेले एक सय ३४ मत प्राप्त गर्दै देशकाे नयाँ राष्ट्रपति चुनिनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी दलस अलपेरुमाले ८२ मत प्राप्त गर्नुभयाे । दुई सय २३ सांसदले मतदान गरेका थिए भने दुई सांसद मतदानमा अनुपस्थित थिए । 

राष्ट्रपति चुनाव जितेपछि संसद्लाई सम्बाेधन गर्दै रनिल विक्रमासिङ्घेले सबै पार्टीलाई मिलेर काम गर्न अपिल गर्दै देशलाई समस्याबाट बाहिर निकाल्नका लागि भन्नुभएकाे छ । भाेलि बिहीवार सबै पार्टीसँग बसेर छलफल गर्ने पनि उहाँले बताउनुभयाे । 

तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे श्रीलङ्काबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएकाे थियाे । 

रनिल विक्रमासिङ्घेकाे कार्यकाल सन् २०२४ नाेभेम्बरसम्म हुनेछ । उहाँले गाेटाबाया राजापाक्षेकाे बाँकी रहेकाे कार्यकाल पूरा गर्नुहुनेछ । a

बुधबार ४ साउन २०७९ ०१:४० PM मा प्रकाशित

प्रतिक्रिया