विशेष अदालतले लुम्बध्वज महत, चूडामणि शर्मालगायतसँग ६ अर्ब १५ करोड ७० लाखभन्दा बढी असुल गर्ने फैसला

    images


    काठमाडौं ।  विशेष अदालतले कर फर्स्योट आयोगमार्फत् राजश्व हिनामिना गरेको अभियोगमा कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य

    उमेशप्रसाद ढकाल र आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मालाई सजाय निर्धारण गरेको छ।

    विशेषले उनीहरुसँग कूल ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८ सय ४७ बिगो भराउने ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र

    शालिग्राम कोइरालाको इजलासले सजाय निर्धारण गर्दै उक्त बिगो तीनै जना प्रतिवादीसँग दामासाही रुपमा भराउने फैसला सुनाएको हो।

    विशेषले महतलाई २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो, बिगोको दोब्बर ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना गर्ने

    फैसलामा उल्लेख छ। त्यस्तै उनलाई ९ वर्ष १ महिना कैद तोकिएको

      मङ्गलबार ५ असार २०८० ०७:०० PM मा प्रकाशित

      प्रतिक्रिया