×

पोखरामा एकीकृत समाजवादीका आचार्य तीन हजार ४४२ मतले अगाडि

images

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राख्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आज साँझ ७ः३० बजे ७२ हजार ९१८ मत गणनाको घोषित परिणामअनुसार प्रमुखका उम्मेदवार आचार्य तीन हजार ४४२ मतान्तरले अघि हुनुहुन्छ । आचार्यले २९ हजार ८०७ मत प्राप्त गर्दा उहाँका प्रत्याशी कृष्णबहादुर थापाले २६ हजार ३६५ मतसहित पछ्याइरहनुभएको छ । 

यसैगरी उपप्रमुखमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट अघि हुनुहुन्छ । रानाभाटले ३० हजार २६० मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जुदेवी गुरुङको ३० हजार १७६ मत ल्याउनुभएको छ ।

पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १८ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये नेपाली कांग्रेसले १३ वडामा जीत हासिल गरेको छ भने एमालेले पाँच वडा जितेको छ । नेपाली कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६ र २७  नं वडा जितेको छ । नेकपा (एमाले)ले वडा नं १, ५, ६, ८ र वडा नं २० मा विजयी भएको छ । पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो । 

शुक्रबार​ ६ जेठ २०७९ ०९:०० PM मा प्रकाशित

प्रतिक्रिया