काठमाडौं । साहित्य, संस्कृति र महिला सशक्तिकरणको लागि काम गर्दै आएको सखी प्रतिष्ठानले काठमाडौं महानगरपालिका वडा ९ सितको सहकार्यमा आयोजना गरेको "तीन दिने उदघोषण प्रशिक्षण" कार्यक्रम आज सम्पन्न गरेको छ ।
चौंतीसजना महिला सहभागीरहेको यस प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई आज प्रतिष्ठानका प्रमुख संरक्षक राधेश्याम लेकाली, गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठकले प्रमाणपत्र प्रदान गर्नु भयो ।
यसैगरी सो कार्यक्रममा उत्कृष्ट प्रशिक्षार्थीहरु सरस्वती आचार्य (प्रथम), सविना अर्याल (दोस्रो) गंगा लामिछाने (तेस्रो), लक्ष्मी गोतामे तथा गंगा लामिछाने अधिकारी (चौथो ) र विशेष सहभागी प्रशिक्षार्थी सम्मान सुमित्रा अधिकारीलाई प्रदान गरिएको थियो ।
सखी प्रतिष्ठानकि अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा आयोजित सो प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा प्रशिक्षक पत्रकार नम्रता शर्मा र पन्चकुमारी बचत तथा ऋण सहकारी लिमिटेडकी अध्यक्ष गीता अधिकारीलाई विशेष सम्मान पनि गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा ९ की सदस्य सिर्जना भेटवालले सहभागी प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्दै यस्तो प्रशिक्षणले महिलाहरुमा बोल्ने क्षमताको अभिवृद्धि हुने, आत्मविश्वास बढ्ने र विभिन्न अवसरहरु प्राप्त हुने बताउँदै कार्यक्रम आयोजनाको लागि सखी प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
यसैगरी कार्यक्रममा अध्यक्ष मन्जिला अनिल, प्रमुख सल्लाहकार राधेश्याम लेकालीलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
सखी प्रतिष्ठानकि उपाध्यक्ष कमला रिसालले संचालन गर्नु भएको सो कार्यक्रमको प्रशिक्षक पत्रकार नम्रता शर्मा र नियात्राकार डा. दामोदर पुडासैनी रहनु भएको थियो । सो कार्यक्रममा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण गराइएको थियो ।
कार्यक्रममा अतिथिहरु सामाजिक अभियन्ता माला खरेल, स्मृति अधिकारीसहित सखी प्रतिष्ठानकी सचिव रुपाली पौडेल, कोषाध्यक्ष नीशा रिमाल, सदस्यहरु मनिला वन्त, उषा के. सी.को उपस्थिति रहेको थियो ।
कार्यक्रम पन्चकुमारी समाजको सभाकक्ष, कालीमाटी डोल, सिनामंगल, काठमाडौंमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया