×

मोदीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

images

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीमा उपचाररत् राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले उनको स्वास्थ्य लाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।

उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा बुधबार दिउँसोदेखि सुरु भएको दूतावासले जनाएको छ । चिकित्सकको निगरानीमा रहेका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

बिहीबार ७ बैशाख २०८० ०२:५६ PM मा प्रकाशित

प्रतिक्रिया