काठमाडौं । अन्नपूर्ण हिमालको क्याम्प तीनबाट फर्कने क्रममा ६ हजार मिटरको खोचबाट खसेर बेपत्ता भएका भारतीय पर्वतारोही अनुराग मालुको जीवित उद्धार भएको छ । गत सोमबारदेखि बेपत्ता रहेका मालुलाई उद्धार टोलीले बिहीबार गम्भीर अवस्थामा जीवितै उद्धार गरेका उनका भाइले जनाएका छन् ।
‘उनी जीवितनै फेला परेका छन् । उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ, तर उनी अझै जीवित छन् ।’ भाई सुधिरको भनाई छ । यसअघि अन्नपूर्ण हिमालमै गत सोमबार नै बेपत्ता भएकी २७ वर्षीया भारतीय पर्वतारोही बलजित कौरलाई पनि उद्धारकर्ताले जीवितै उद्धार गरेका थिए ।
हिन्दुस्तान टाइम्सका अनुसार राजस्थानको किसनगढ निवासी अनुराग मालु गत सोमबार अन्नपूर्णको ६ हजार मिटर उचाइमा लडेर बेपत्ता भएका थिए । मालू ८ हजर मिटर भन्दा माथिका सबै १४ हिमालहरु र र सबै सात महाद्वीपहरूका सात अग्ला हिमालहरु आरोहण गर्ने अभियानमा छन् ।
प्रतिक्रिया