×

भारतीय कांग्रेस नेता राहुल गान्धीले राहत पाएनन्

images


नयाँदिल्ली । सुरतको एक सत्र अदालतले भारतीय कांग्रेस नेता राहुल गान्धीलाई उनको “मोदी उपनाम” टिप्पणीको लागि दोषी ठह¥याउँदै गरेको फैसलाविरुद्धको निवेदन खारेज गरेको छ ।

मानहानि मुद्दामा राहुल गान्धीले सुरत सत्र अदालतबाट राहत पाएनन्। सुरतको एक सत्र अदालतले कांग्रेस नेता राहुल गान्धीलाई उनको “मोदी उपनाम” टिप्पणीको लागि आपराधिक मानहानि मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो। जसका कारण राहुल गान्धीले संसदको सदस्यता गुमाए । अब राहुल गान्धी सत्र अदालतबाट पनि निराश भएका छन् ।

राहुल गान्धीले अब राहतका लागि उच्च अदालत जान सक्नेछन् । अदालतले दोषी ठहर गरेपछि पनि राहुल गान्धीले आफूले कुनै गल्ती नगरेको बताउँदै आएका छन् । अदालतले दिएको सजायका कारण राहुल गान्धी अयोग्य घोषित भएका छन् ।

बिहीबार ७ बैशाख २०८० ०३:१२ PM मा प्रकाशित

प्रतिक्रिया