×

खहरे कहिलेकाहीँ उर्लिएर आउँछ, त्यसको केही समय पछि सुक्छ, खहरेसँग डराउनुपर्ने कुनै कारण छैन- प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो लभ परेको बताएका छन्।

बिहीबार चितवन-२ को चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने सभापति शेरबहादुर देउवासँग आफ्नो लभ परेको बताएका हुन्।

उनले भने, ‘हामी एउटा गठवन्धनबाट चुनाव जित्यौं, प्रधानमन्त्री हुँदा कता कता पुगियो पुगियो, म प्रधानमन्त्री भए पनि खुसी हुन सकिनँ, शेरबहादुरजी पनि मलाई प्रधानमन्त्री बनाउन नपाएकोमा दुःखी हुनुभयो, अन्ततः हामी लभ परेकाहरु एक ठाँउमा भयौं।’

 

लामिछानेको पार्टीको पछिल्लो प्रभावप्रति संकेत गर्दै भने, ‘खहरे कहिलेकाहीँ उर्लिएर आउँछ, त्यसको केही समय पछि सुक्छ, खहरेसँग डराउनुपर्ने कुनै कारण छैन, आँधीहुरीसँग डराउनुपर्ने छैन, आवश्यकता पनि छैन ।’ उनले चितवन २ का मतदाताले ४ मंसिरको चुनावमा गल्ती गरेको भन्दै अहिले सच्याउनुपर्ने धारणा राखे ।

प्रधानमन्त्री भएकै बेला चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र, काठमाडौंबाट चितवन डेढ घण्टामा आउन सक्ने गरी सडक पूर्वाधार बनाउने काम सुरु गर्ने उनले दाबी गरे ।

 

बिहीबार ७ बैशाख २०८० ०९:०१ PM मा प्रकाशित

प्रतिक्रिया