×

पर्यटन विकासमा संस्कृतिलाई प्राथमिकतामा राख्नुपर्छ-- मन्त्री किराती

images


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको पर्यटन क्षेत्रलाई विकास गर्न नेपालीपनमा बढि ध्यान दिनुपर्ने बताएका छन् ।  

काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विदेशीको फोटोकपी गर्न पुँजी र प्रविधि नभएको भन्दै नेपाली संस्कृति र मान्यतालाई नै प्राथमिकता दिनुपर्ने बताए ।  ‘नेपालीपनको पर्यटनलाई नै कल्पनामा राख्नु पर्छ

 हामीले कसैको फोटोकपि गर्नु हुदैँन। संसारको फोटोकपि गरेर सक्दैनौ पनि हामी सँग पुँजी नि छैन् । प्रविधिनि छैन्।  नेपाली मूल्य मान्यता कै हाम्रो प्रकृतिलाई श्रमले सजायौ भने हाम्रो संस्कृतिमा पविर्तन गर्न सकियो भने सोचमा परिवर्तन गर्न सक्यौँ भने धेरै राम्रो हुन्छ ।

’उनले अहिलेको अप्ठ्यारो परिस्थितिसंग जुध्न सबैले सहकार्य गर्नुपर्ने बताए । नेपालीमा आफ्नो काम प्रतिको लगन एकदमै कम भएको बताएका उनले केही नयाँ गरौं भन्ने सोच आवश्यक रहेको बताए । 

आर्थिक विकास, सामाजिक न्याय, प्रकृति र संस्कृति चार विषयलाई सुधार गर्ने हो भने देशको पर्यटन क्षेत्रमा सुधार आउने भन्दै उनले संस्कृतिको

संरक्षणका लागि आवश्यक काम गर्न सरकार तयार रहेको उल्लेख गरे । 
 

सोमबार ८ फागुन २०७९ ०२:५० PM मा प्रकाशित

प्रतिक्रिया