×

सर्वोच्च बार एशोसिएशनको ४९ औं स्थापना दिवस-- कार्यालय नभएको गुनासो 

images


काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले आफ्नो ४९ औं स्थापना दिवस  एक आपसमा शुभकामना आदान–प्रदान कार्यक्रम गरि मनाएको छ । 

कार्यक्रममा कायम मुकायम प्रधानन्यायधीशलगायत सर्वोच्च अदालतका न्यायधीसहरु, न्याय परिषद्का सदस्य, सर्वोच्च बारका सदस्य तथा सर्वोच्चमा सेवारत कर्मचारी लगायत उपस्थिति थिए ।

कार्यक्रममा सहभागि, वरिष्ठ अधिवक्ता हरि शंखर निरौलाले कानुन अदालत बार एशोसिएसनको भवन नभएको गुनासो गरेका छन् । 
उनले ४९ साल बितिसक्दा पनि सर्वोच्च बार पाटीमा बस्नु परेको बताउँदै प्रधान न्यायधीश समक्ष बारको लागि छिटोभन्दा छिटो जग्गा उपलब्ध गराउन ध्यानाकर्षण गराइएको बताए ।

उनले भने ‘अदालत बार एशोसिएसनको भवन आजसम्म बनेको छैन् ४९ वर्ष बितिसक्यो हाम्रो पार्टीको बास छ । हामीलाई जग्गा छिटोभन्दा छिटो छुट्छाउनु प¥र्यो नेपाल सरकार मन्त्री परिषद्को निर्णयबाट २०६७ साल आश्विन १२ गते करिब करिब १४ आना जग्गा छुटाएको छ । तर हामीलाई दिइएको छैन् ।’
 

सोमबार ८ फागुन २०७९ ०१:२८ PM मा प्रकाशित

प्रतिक्रिया