×

उत्तर कोरियाले गर्यो दुई वटा क्षेप्यास्त्र परिक्षण 

images

काठमाडौं । उत्तर कोरियाले दुई वटा ब्यालेष्टिक क्षेप्यास्त्र परिक्षण गरेको छ । राजधानी पेनिन्सुलाको पुर्वी सामुन्द्रिक तटमा क्षेप्यास्त परिक्षण गरिएको हो । उक्त क्षेप्यास्त्र जापानी समुन्द्र नजिक खसेको थियो । 

जापानी रक्षा मन्त्रालयले जारी गरेको बिज्ञप्तीअनुसार दुवै क्षेप्यास्त्र स्थानीय समय सोमवार बिहान ७ बजे जापानको बिशेष आर्थिक क्षेत्र बाहिर समुन्द्रमा खसालिएका थिए ।   
क्षेप्यास्त्र परिक्षणलाई उत्तरी कोरियाले स्वीकार गरेको छ ।

उसले यो परिक्षणलाई ‘सुपर लार्ज मल्टिपल रकेट लन्चर’ अभ्यास भनेको छ । उत्तर कोरियाले यो परिक्षण संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैनिक अभ्यास विरुद्धको प्रतिकृयाका रुपमा अथ्र्याएको छ । 

अमेरिका र दक्षिण कोरियाले आइतवार संयुक्त हवाई तालिम सञ्चालन गरको थिए । संयुक्त सैन्य अभ्यास जारी राखे अभूतपूर्व प्रतिक्रिया दिने उत्तर कोरियाले दक्षिण कोरियालाई दिएको थियो । 
 

सोमबार ८ फागुन २०७९ १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया