×

मौन स्नान गरी मनाइयो सोमबारे औँशी- पशुपतिमा आज विहान पनि भिड 

images

काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ ।

बर्षमा दुइ तीन पटक सोमबारे औँशी पर्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  सोमबारे औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ ।

प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक सनातनी परम्परा रही आएको छ । सोमबार भगवान शिवको प्रिय बार रहेको हुनाले आज शिवरात्रीपछिको तेस्रो दिनपनि विहान पशुपतिमा दर्शनार्थिको भिड लागेको छ । 
 

सोमबार ८ फागुन २०७९ १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया