माओवादीको पदाधिकारी बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने

    images

    काठमाडौं । सहमतीय राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बोलाएको छ ।

    माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

    फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।

    सोमबार ८ फागुन २०७९ ०८:३२ AM मा प्रकाशित

    प्रतिक्रिया