×

युनाइटेड उपाधि होडमा

images


लन्डन । इंग्लिस प्रिमियर लिगको उपाधि होडमा म्यानचेस्टर युनाइटेड पनि सम्मिलित भएको छ । आइतबारको खेलमा लेस्टर सिटीलाई ३–० ले

 हराएपछि तेस्रो स्थानमा उसको पकड बलियो भएको हो । युनाइटेडको ४९ अंक छ र यो शीर्ष स्थानमा रहेको आर्सनलसँग पाँच अंकको दूरी मात्र हो ।
युनाइटेडका लागि मार्कस रसफोर्डले दुई गोल गरे । टोटनहमले भने अर्को खेमला वेस्ट ह्यामलाई २–० ले पराजित गर्दै लिगको शीर्ष चारमा उक्लेको छ

 टोटनहमको जितमा इमरसन रोयलले पहिलो गोल गरे भने सन ह्युङ–मिनले दोस्रो गोल थपे । दुवै गोल दोस्रो हाफमा भएका हुन् । यो जितपछि टोटनहमको ४२ अंक भएको छ र चौथो स्थानमा उक्लेको छ ।

वेस्ट ह्याम भने २० अंमै सीमित छ र रेलिगेसनबाट बच्न संघर्षरत रहेको छ । उता स्पेनमा बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार फेरि आठ अंकको अग्रता लिने क्रममा काडिजलाई २–० ले हरायो ।

त्यसमा सर्जियो रोबर्टोले पहिलो गोल गरे भने रोबर्ट लेवनडोस्कीले दोस्रो गोल थपे । यस जितपछि बार्सिलोनाको शीर्ष स्थानमा ५९ अंक भएको छ । रियल म्याड्रिड भने ५१ अंकमा दोस्रो स्थानमा छ । 

 

सोमबार ८ फागुन २०७९ १०:४१ AM मा प्रकाशित

प्रतिक्रिया