×

रास्वपाबाट इन्दिरा राना उपसभामुखको उम्मेदवार

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । आज बसेको संसदीय दलको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि उनको प्रस्तावकमा सोविता गौतम रहेकी छन् ।

सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ। त्यसैले अब राना सत्तागठबन्धनको साझा उम्मेदवार बन्ने भएकी छन्। 

उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्ने छ । उपसभामुख उम्मेदवार हुन लागेकी इन्दिरा झापाकी हुन्। ५२ वर्षकी उनलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो।

उनी बालअधिकार तथा समाजसेवाका क्षेत्रमा सक्रिय थिइन्। उनी बिबिसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन्। उनी बन्दी सहायता नेपालको संस्थापक अध्यक्षसमेत हुन्। 

शुक्रबार​ ६ माघ २०७९ १२:११ PM मा प्रकाशित

प्रतिक्रिया