जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बित

    images

    काठमाडौं । जीवित शिशुलाई मृत घोषणा गर्ने कोशी अस्पतालका चिकित्सक निलम्बनमा परेका छन् ।

    १८ दिनको शिशुलाई मृत घोषणा गर्ने चिकित्सक डा आशोक यादव र अन्य दुई जना चिकित्सक निलम्बनमा परेका हुन् ।
    स्वास्थ्य सचिव डा रोसन पोखरेलका अनुसार उनीहरूलाई ७ दिनका लागि निलम्बन गरिएको छ ।

    जीवित शिशुलाई मृत घोषणा गरेको विषयमा छानबिन गर्न अस्पतालले समिति गठन गरेको छ । छानबिन समितिले काम अगाडि बढाउने भएपछि डा यादव र अन्य दुई चिकित्सक निलम्बन गरिएको हो ।

    उनीहरूलाई स्वास्थ्य मन्त्री पदम गिरीको निर्देशनपछि निलम्बन गरिएको छ । शिशुको अहिले एक निजी अस्पतालमा उपचार भइरहेको छ।

      शुक्रबार​ ६ माघ २०७९ ०८:४३ AM मा प्रकाशित

      प्रतिक्रिया