×

भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्ष बने मल्लिकार्जुन

images

भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्ष पदको लागि गत सोमबार भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ । मल्लिकार्जुन खड्गे पार्टीका नयाँ अध्यक्षमा नियुक्त भएका छन् । कुल खसेको ९३८५ मतमध्ये खड्गेले ७८९७ मत पाएको र उनका प्रतिद्वन्द्वी शशि थरुरले करिब १ हजार ७२ मत प्राप्त गरेको पार्टीले जानकारी दिएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार निर्वाचनमा ४१६ मत बदर भएका छन् ।
खड्गेको जितपछि दिल्लीस्थित कंग्रेसको मुख्यालयबाहिर उत्सवको माहोल छ, कार्यालयमा ठूलो संख्यामा नेता कार्यकर्ता पुगेको भारतीय मिडियाहरुले बताएका छन् ।

यसअघि, अध्यक्ष पदको नतिजा औपचारिक रूपमा घोषणा हुनुअघि नै सो पदका प्रत्यासी शशि थरुरले ट्वीट गर्दै नयाँ जिम्मेबारीको लागि आफ्ना खड्गेलाई शुभकामना र समर्थकहरुलाई धन्यवाद दिएका थिए । 
अध्यक्ष पदमा शशि थरुर र मल्लिकार्जुन खड्गेसँग प्रतिस्पर्धामा उत्रिएका थिए । कांग्रेस पार्टीको १३७ वर्षे इतिहासमा छैटौं पटक पार्टी अध्यक्ष पदका लागि सोमबार निर्वाचन भएको थियो । पार्टीको नेतृत्व अधिकांश समय नेहरु–गान्धी परिवारको हातमा रहेको छ या अध्यक्ष सर्वसम्मतिले चुनिएको इतिहास छ । 


थरुरले विज्ञप्टिसमेत राखेर ट्वीट गर्दै भनेका छन् ,‘ कंग्रेसको अध्यक्ष हुनु ठूलो सम्मान र जिम्मेवारी हो । म मल्लिकार्जुन खड्गेजीलाई यस जिम्मेबारीमा सफलताको कामना गर्दछु । हजारभन्दा बढी सहकर्मीको समर्थन प्राप्त गर्नु मेरो लागि सम्मानको विषय रह्यो ।’
हाल अध्यक्ष निर्वाचित मल्लिकार्जुन खड्गे गान्धी परिवार नजिकका उमेद्वार भएको चर्चा छ । 
बीबीसी हिन्दीबाट

बुधबार २ कात्तिक २०७९ ०८:०१ PM मा प्रकाशित

प्रतिक्रिया