बझाङमा जीप दुर्घटना : मृतकको संख्या ७ पुग्यो

    images

    बझाङ- बझाङमा जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा  १६ जना घाइते भएका छन् ।

    बुधबार साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भई सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।

    दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।  जीपमा सवार अन्य यात्रुहरूको खोजी कार्य जारी रहेकोे उनको भनाइ छ । 

    घाइतेमध्ये अधिकांसको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइतेहरुको उद्दार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासहित स्थानीय घटनास्थलमा खटिएका छन् ।

    बुधबार २ कात्तिक २०७९ ०८:०७ PM मा प्रकाशित

    प्रतिक्रिया