×

फिनल्यान्डकी प्रधानमन्त्री रक्सी खाँदै रमाएपछि...

images

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले रक्सी खाँदै आफ्ना साथीभाइसँग रमाइरहेकाे भिडियाे भाइरल भएकाे छ । 

भाइरल भएकाे भिडियाेमा प्रधानमन्त्री मरिनले रक्सी खाएर नाच्दै र गाउँदै गरेकाे देख्न सकिन्छ । भिडियाेमा फिनल्यान्डका सेलिब्रेटीहरूलाई पनि देख्न सकिन्छ । भिडियाे भाइरल भएसँगै उहाँकाे आलाेचना भइरहेकाे छ भने विपक्षी नेताले त लागुऔषध खाएकाे हाे वा हाेइन भनेर जाँच गरिनुपर्ने बताएका छन् ।  

प्रधानमन्त्री मरिनले भने आफूले लागुऔषध नखाएकाे बताउँदै नाच्न र रमाउन पाउनु वैधानिक भएकाे प्रतिक्रिया दिनुभएकाे छ ।   

३६ वर्षीया प्रधानमन्त्रीले यसअघि पनि पर्व र क्लबमा धेरै समय बिताएकाे भन्दै निकै आलाेचना सामना गर्नुपरेकाे थियाे । मरिन ३४ वर्षको उमेरमा सन् २०१९ मा प्रधानमन्त्री बन्नुभएकाे थियाे । केही अघिसम्म उहाँ विश्वकै कान्छी सरकार प्रमुख हुनुहुन्थ्याे । 

शुक्रबार​ ३ भदौ २०७९ ०३:३९ PM मा प्रकाशित

प्रतिक्रिया